Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

नागरिक समाज तथा स्थानिय सरकारबीचको सहकार्यका बिषयमा छलफल सम्पन्न

admin

काठमाडौं  – इन्सेक तीन नम्बर प्रदेश कार्यालयले मंगलवार काठमाडौंमा ‘बर्तमान परिपेक्षमा नागरिक समाज तथा स्थानिय सरकारबीच को सहकार्यका अवसर र चुनौती’ बिषयक छलफल कार्यक्रमको आयोजना गरेको छ । मानव अधिकार संजाल, काठमाडौंका अध्यक्ष प्रदिप डङ्गोलको अध्यक्षतामा चलेको उक्त छलफल कार्यक्रममा ०३ नम्बर प्रदेशका साम्सदद्वय दिपक निरौला र बेलिमाया घले, जिल्ला समन्वय समिति काठमाडौंका सदस्य उद्धब भण्डारी, टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङ्गोल, इन्सेक-तीन नम्बर प्रदेशका संयोजक कृष्ण गौतम, सिबिनका कार्यक्रम ब्यबस्थापक भरत अधिकारी र काठमाडौं जिल्ला स्थित बिभिन्न नगरपालिकाका प्रतिनिधि तथा सामाजिक संगठन सम्बद्ध नागरिक समाजका प्रतिनिधिको सहभगिता रहेको थियो ।
छलफलका दौरानमा संघिय नेपालमा पछील्लो समयमा नागरिक समाज तथा स्थानिय सरकारबीच हुँदै आएका सहकार्य र समन्वयको अवस्था र दुवै पक्षले भावी दिनमा खेल्नुपर्ने भूमिकाका लगायतका बिषयमा घनिभुत छलफल गरिएको थियो । छलफलका क्रममा जनप्रतिनिधीहरुले आफ्नो धारणा राख्दै स्थानिय तहको बिकास प्रकृयामा नागरिक समाजको भूमिका महत्वपूर्ण रहने बताएका थिए भने स्थानिय तहमा दर्ता भएका तथा सामाजिक गतिबिधीमा सङ्लग्न सबै गैर सरकारी संस्थाहरु सहि ढंगले चल्न नसकेको बेहोरा उल्लेख गरेका थिए । छलफलका क्रममा नागरिक समाजका प्रतिनिधिहरुले स्थानिय सरकारले गैर सरकारी संस्थाहरुको बर्गिकरण गरी औचित्य र आवश्क्ताका आधारमा दर्ता प्रकृया सम्पन्न गर्ने तथा सहयोग र समन्वय गर्नुपर्ने बताएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको