Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

आज अक्षय तृतीया, सातु र सर्वत दान गरेर मनाइँदै छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल

मोडल सङ्गस अवार्ड दुवईमा हुने,नेपालबाट तीन दर्जन कलाकार सहभागी हुँदै

admin

दुवईमा मोडल सङ्गस अवार्ड हुने भएको छ । आगामी असोज ५ अर्थात २१ सेप्टेम्बरमा यो अवार्ड हुन लागेको आयोजकले जनाएको हो । नेपालमा सफल सौन्दर्य प्रतियोगीता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालले आयोजना गर्न लागेको एवार्ड कार्यक्रमलाई दुवईमा रहेका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्य एवं सहभागितामा उक्त कार्यक्रम सम्पन्न हुने छ ।

‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको यो अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न विधामा अवार्ड प्रदान गरिने बताईएको छ । ‘हामीले दुर्वइमा गर्न लागेको मोडल सङ्गस अवार्डको तयारी गरिरहेका छौ, नेपालबाट तीन दर्जनभन्दा बढी कलाकार सहभागी हुँदै हुनुहुन्छ’, मोडल सङ्गस नेपालका लागि आयोजक डेभिल सिंह राजपुतले भने । कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको प्रस्तुती समेत रहने छ । एवार्डका एसोसियट्समा पेजेन्ट नेपाल रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको