
माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ ।
आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् । परीक्षालाई मर्यादित बनाउन परीक्षा केन्द्र र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।