
जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । आज शुक्रबार मन्त्री खानले राजीनामा दिएका हुन् ।
मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्ष गरेपनि खानेपानी नै पाएपछि मन्त्री खानले राजीनामा दिएको जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिएका छन ।
उनले भने, ‘जनमत पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग गर्दै आइरहेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काललाई खानेपानी मन्त्रालयमा सम्हाल्नु, पछि मिलाउन भनेको तर अहिले खानेपानी मन्त्रालय नै कायम राखेका कारण मन्त्री खानले राजीनामा दिएका हुन्’ ।
लोकप्रिय समाचार