Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

थ्री नेसन्स कपको उपाधि नेपाललाई

Reporter

नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि हात पारेको छ। फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि हात पारेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो हाफको ८९ मिनेटमा नेपालले निर्णायक गोल गरेको हो। पहिलो हाफमा एकरएकको बराबरी खेलेको लाओसमाथि नेपालले खेलको ८९ औँ मिनेटमा गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो।

फाइनल खेलमा लाओसका फोउचाङ भोङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। नेपालका लागि आयुष घलानले बराबरी गोल गरेका हुन्।

नेपाल घरेलु मैदानमा लाओसलाई हराएर उपाधि उचालेको छ। नेपालले उद्घाटन खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको गरेको थियो।

लाओसले भुटानलाई २–१ गोलले हराएर फाइनल यात्रा सहज बनाएको थियो। भुटान भने अन्तिम खेलमा नेपालसँग उत्कृष्ट प्रदर्शन गर्दै १–१ गोलको बराबरी खेल्दै बाहिरिएको थियो।

नेपालले ५ हजार अमेरिकी डलर र लाओसले ३ हजार डलर पुरस्कार पाएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको