Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत

Reporter

१८ चैत्र, काठमाडौँ । फोटो पत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । शुक्रबार दिउँसो रिपोर्टसर्् क्लब नेपालको २५ औँ वार्षिकोत्सवको सन्दर्भमा फोटो पत्रकार वन्त सम्मानित भएका हुन् । सगरमाथा आरोही स्व.बाबुछीरी सेर्पाको सम्झनाममा क्लवले स्थापना गरेको उक्त पुरस्कार वन्तलाई प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले उक्त पुरस्कार प्रदान गरेका हुुन् । पुरस्कारको राशी रू. २५ हजार रहेको छ । उक्त कार्यक्रममा विभिन्न समाचार गृहमा काम गर्ने उत्कृष्ट पत्रकारहरुलाई सम्मान गरीएको थियो ।

वन्त डेढ दशकदेखि नेपाली फोटो पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । जनदिशा दैनिकबाट २०६४ सालमा फोटोपत्रकारिता गरेका उनी मोडलिङ फोटो पत्रकारितामा साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा कार्यक्रम व्यवस्थापनमा समेत दख्खल राख्छन् । देशभरका फोटोपत्रकारहरुको साझा सस्था राष्ट्रिय फोटोत्रकार समूह एनएफपिजे नेपालका वन्त हाल अध्यक्ष समेत छन् । भने उनी फोटोपत्रकारिता तथा फोटोग्राफी तालिक प्रशिक्षकको रुपमा पनि काम गरी रहेका छन । राष्ट्रिय समाचार समितिको वरिष्ठ फोटो पत्रकार र हाल प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को स्वकीय फोटोग्राफरका रूपमा कार्यरत छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको