Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

शिक्षाकर्मी सुनिल राणालाई ‘बेस्ट योङ एचिभर अवार्ड’

Reporter

काठमाडौं । शिक्षाकर्मी तथा युवा समाजसेवी सुनिल राणा यो वर्षको ‘द योङ एचिभर अवार्ड’बाट सम्मानित भएका छन । राजधानीको होटल हायायत प्यालेसमा सम्पन्न ‘गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’को दोश्रो संस्करणमा राणालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशिल राणालाई कार्यक्रमका प्रमुख अतिथी एवं उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल,वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ,वरिष्ठ अभिनेता भुवन केसी, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा तथा डा.सुशिला मल्लको हातबाट शिक्षाकर्मी राणालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

न्यूटन ईन्टरनेशनल कलेका फाउण्डर तथा ग्यालेक्सि पव्लिक स्कूल प्लस टुका कार्यक्रम संयोजक रहेका राणाले यस अघि पनि थुप्रै प्रतिष्ठित अवार्ड तथा सम्मान प्राप्त गरिसकेका छन । शिक्षा क्षेत्रमा छोटो समयमा लोकप्रिय वनेका राणा समाजसेवीका रुपमा समेत परिचित छन ।

समाजमा रहेर विभिन्न क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्ने उद्देश्यले अवार्डको भीडमा भिन्न किसिमका अवार्ड आयोजना गरिने प्रयास गरिएको आयोजक समितिका अध्यक्ष सोनितराज ढुंगेल तथा कार्यक्रम निर्देशक राज लुइटेलले बताए ।

गीता एभिएसनका प्रमुख क्या.जनक अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा माननिय कृष्ण प्रसाद यादव,वरिष्ठ अभिनेत्री वसुन्धारा भुषाल,वरिष्ठ संचार उद्यमी भाष्करराज राजकर्णिकार, निर्देशक तिर्थ थापा, वरिष्ठ अभिनेता किरण केसी , अमिष ढकाल, मोडल सोनाम श्रीवास्तवा ,नेपाल तथा भारतका पत्रकार तथा अतिथीहरुको वाक्लो उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संचालन दिनेश डिसीले गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको