Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

‘उत्कृष्ट शिक्षा सम्मान २०७९’ द्वारा मिनिल्याण्ड स्कुल सम्मानित

Reporter

काठमाडौं । हायात प्लेस होटल, सोल्टिमोडमा आयोजित “गिता एभिएसन ग्यालेक्सी एक्सिलेन्स अवार्ड” समारोहमा कागेश्वरी मनोहरा ,थलीमा अवस्थित मिनिल्याण्ड अंग्रेजी माध्यमिक विद्यालयलाई Academic Excellence Award 2079 प्रदान गरियो ।

उक्त समारोहमा कार्यक्रमका प्रमुख अतिथि एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल,वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ,वरिष्ठ अभिनेता भुवन केसी, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा तथा समाजसेवी डा.सुशिला मल्लद्वारा विद्यालयका संस्थापक अध्यक्ष जयराम वाग्ले तथा प्रिन्सिपल मणिराम वाग्लेलाई उक्त अवार्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

काठमाडौँको पुर्वी क्षेत्रको शिक्षा क्षेत्रमा विगत 30 वर्षदेखि विशेष योगदान दिएको मिनिल्याण्डले SEE परीक्षाहरूमा GPA 4 सहित उत्कृष्ट नतिजा प्राप्त गरेकोले उक्त अवार्डद्वारा सम्मानित भएको हो ।

समाजमा रहेर विभिन्न क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्ने उद्देश्यले अवार्डको भीडमा भिन्न किसिमको अवार्ड आयोजना गरिएको आयोजक समितिका अध्यक्ष सोनितराज ढुंगेल तथा कार्यक्रम निर्देशक राज लुइँटेलले बताए ।

गीता एभिएसनका प्रमुख क्या.जनक अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा माननीय कृष्ण प्रसाद यादव, वरिष्ठ अभिनेत्री वसुन्धरा भुषाल, वरिष्ठ संचार उद्यमी भाष्करराज राजकर्णिकार, निर्देशक तिर्थ थापा, वरिष्ठ अभिनेता किरण केसी, अमिष ढकाल, मोडल सोनाम श्रीवास्तव, नेपाल तथा भारतका पत्रकार तथा अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन दिनेश डिसीले गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको