Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

रोटर्याक्ट क्लब अफ कान्तिपुरले मिनी म्याराथनको आयोजना गर्ने

Reporter

काठमाडौं । रोटर्याक्ट क्लब अफ कान्तिपुरले मिनी म्याराथन (रोटा रन- २०२३) को आयोजना गर्ने भएको छ । प्यारेन्टल क्लब रोटरी क्लब अफ कान्तिपुसँगको सहकार्यमा विश्व पृथ्वी दिवसको अवसरमा २२ अप्रिलका दिन (एसडिजीएस) लाई पहिचान गरी उक्त कार्यक्रम मनाउने गरी मिनी म्याराथनको आयोजना गर्ने भएको हो ।

आयोजक संस्था रोटर्याक्ट क्लब अफ कान्तिपुरका अनुसार मिनी म्याराथनबाट संकलन भएका रकम विशेष कोष खडा गरि अटिस्टिक वालवालिकाहरुका लागि सहयोग प्रदान गरिने छ ।
अटिस्टिक भएका बालबालिकाका लागि सेवा प्रदान गर्ने मान्यता प्राप्त संस्था नेपाल एकेडेमी अफ साइकोलोजीमा अटिस्टिक बालबालिकाको कल्याणका लागि परोपकारको उद्देश्य अनुरुप सो रकम प्रदान गरिन लागिएको हो ।

रोटर्याक्ट क्लब एउटा समुदायमा आधारित संस्था हो जसमा १८ वर्ष र माथिका सदस्यहरू छन्, जसले आफूले सञ्चालन गर्ने तालिम, सेमिनार वा कार्यशालाहरू जस्ता कार्यक्रमहरू मार्फत आफ्नो व्यावसायिक र व्यक्तिगत सीपहरू विकास गर्ने अवसरहरू पाउँछन् वा उपस्थित हुने अवसरहरू पाउँछन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको