Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

कतारलाई ८९ रनमा अलआउट गर्दै नेपाल समूह विजेता

Reporter

एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह ‘ए’ काे विजेता बनेकाे छ । आज बिहीवार भएकाे खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे ।

नेपालले दिएकाे १ सय ५८ रनकाे मध्यम लक्ष्य पछ्याएकाे कतार २५ ओभर १ बलमा ८९ रन बनाउँदा अलआउट भयाे । कतारका जहीर इब्राहिम र खुर्रम शहजादले समान १५/१५ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५, साेमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपाल ४० ओभर ३ बलमा १ सय ५७ रनमा अलआउट भयाे । नेपालका स्पिनर सन्दीप लामिछानेले सर्वाधिक नटआउट ४२ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले २७ रन बनाए । कतारका आमिर फरूकले ४ र ओइस अहमदले ३ विकेट लिए ।

नेपाल ४ खेलमा ७ अङ्कसहित समूह विजेता बनेकाे हाे । नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेकाे थियाे । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएकाे थियाे भने तेस्राे खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो । यही समूहबाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाएकाे थियाे ।

यस्तै समूह ‘बी’ बाट यूएई सेमिफाइनल पुगिसकेकाे छ । अहिले भइरहेकाे हङकङ र कुवेतबीचकाे खेलकाे विजेता याे समूहबाट सेमिफाइनलमा पुग्ने अर्काे टाेली बन्नेछ ।

प्रतियोगिताकाे पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । यस्तै दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ ।

सेमिफाइनल शनिवार हुनेछ । यस्तै फाइनल सोमवार हुनेछ । प्रतियोगिताकाे विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको