Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो) प्रतिनिधिसभा बैठक बस्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

गायक सिताराम पोखरेल दक्ष इन्टर्नेसनल अवार्डबाट सम्मानित

admin

गायक सिताराम पोखरेल दक्ष इन्टर्नेसनल अवार्डबाट सम्मानित भएका छन ।

दक्ष इन्टर्नेसनलले राजधानीको रोयल भेन्युमा आयोजना गरेको “मिस एण्ड मिसेज तीज नेपाल” कार्यक्रमको अवसर पारी प्रदान गरिएको उक्त अवार्डबाट गायक पोख्रेल वरिष्ठ हास्य कलाकार बसुन्धारा भुषालबाट सम्मानित भएका हुन । अवार्डको निम्ति लामो समयदेखि गायनमा सक्रिय भई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा गीत संगीतको माध्यमबाट उल्लेख्य योगदान दिनुको साथै विभिन्न सफल सौन्दर्य प्रतियोगीतामा निर्णायकको भूमिका उत्कृष्ट रुपमा निर्वाह गर्दै सौन्दर्य प्रतियोगीतामा समेत योगदान दिए बापत गायक पोखरेललाई सम्मानित गरिएको आयोजक टेकराज पाण्डेले बताए ।

कार्यक्रममा सिताराम सहित नायिका समाजसेवी शान्ता तामाङ्ग, सौन्दर्य व्यबसायी बविता बज्राचार्य तथा सौन्दर्य व्यबसायी अमिर न्यौपानेलाई आफ्नो क्षेत्रमा लामो समयदेखी उल्लेख्य योगदान दिए बापत दक्ष अवार्डबाट सम्मानित भएका थिए ।
उक्त कार्यक्रममा भुषालसंगै वरिष्ठ गायक तथा संगितकार आनन्द कार्कि, सुमधुर स्वरकी धनी सिन्धु मल्ल ,गायक यमन श्रेष्ठ ,चर्चित मोडल पार्वती राई, चरित्र अभिनेत्री रश्मि भट् लगायत अन्य विभिन्न क्षेत्रमा ख्यातिप्राप्त अतिथिहरु रह्नुभएको थियो ।
कलाकारिता तथा मनोरन्जनको क्षेत्रमा रही सामाज सेवा को क्षेत्रमा गरेको योगदानको उच्च कदर गर्दै यो सम्मान प्रदान गरिएको दक्ष इन्टरनेसनलका अध्यक्ष  टेकराज पाण्डेले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको