Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

डेंगुका लक्षण देखिए अस्पताल जान ढिलाइ नगर्न मन्त्रालयको आग्रह

Reporter

सरकारले डेंगुका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था जान आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने, दैनिक खानपान वा अन्य कामकुरामा रुचि नलाग्ने जस्ता डेंगुका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था जान आग्रह गरेको हो।

पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएका छन्। चिकित्सकका अनुसार टाउको दुख्नु, थकाई लाग्नु, वाकवाकी लाग्नु, मांसपेशी तथा जोर्नी दुख्नु, बान्ता हुनु एकासी ज्वरो आउनु डेंगुका लक्षण हुन्। डेंगु एडिस इजिष्टी एडिस आल्बोपिक्टस प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रमण रोग हो।

यसैगरी, मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्न सधैँ झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न, सरकारले घरवरिपरि गमला, टायर वा कुनै पनि खुल्ला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको