Logo
09 Feb 2023    २६ माघ २०७९, बिहीबार

ताजा खबर

फागुन मसान्तभित्र सवारी कर भुक्तानी गरे जरिवाना छुट सिंहदरबारमा २४ सै घण्टा मेलम्चीको पानी देउवा विरुद्दको रिटमा सर्वोच्चको कारण देखाउ आदेश माओवादी केन्द्र छाडिन् उर्मिला अर्यालले युएईमा हुन लागेको ‘नेपाली सिनेमा फेस्टिभल’ को तयारी तीव्र टर्की भूकम्पमा ज्यान गुमाउनेकाे सङ्ख्या ९ हजार नाघ्याे

कलाकार यमनद्वारा जेसिआईको कार्यक्रममा प्रमाण पत्र वितरण

admin

जेसिआई काठमाडौ लेडी नेपालले यहि आषाढ १५ गते काठमाडौमा १० दिने फोटो ग्राफी,उद्घोषण तथा क्षमता अभिवृद्धि तालिमका प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र वितरण कार्यक्रमको आयोजना गरि सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेको थियो । कार्यक्रममा सहभागी मध्ये १ जना प्रशिक्षार्थीलाई वार्षिक छात्रवृति प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ फोटोग्राफर राजभाई सुवालज्यूको प्रमुख आतिथ्य एवं गायक तथा कलाकार यमन श्रेष्ठको विशेष आतिथ्यमा आयोजित उक्त कार्यक्रमलाई दिपश्री क्रियटिभ मिडिया र फोटो लन्च विशेष सहयोगी संस्था रुपमा साथ दिएका थिए । जेसिआई काठमाडौ लेडी नेपालकी अध्यक्ष जेसी सजना नकर्मीले कार्यक्रमको सभापतित्वमा संचालित उक्त कार्यक्रममा फोटोग्राफी तालिमका संयोजक जेसी सुमा श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिमका संयोजक महासचिव जेसी अर्चना श्रेष्ठ मुनाकर्मीले सहयोगी संस्था, प्रशिक्षार्थी तथा कार्यक्रमलाई साथ सहयोग गर्नुहुने प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
नेपाल जेसिजको सचिवालय थापाथलीमा संचालन भएको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी ,प्रशिक्षार्थीहरु लगायत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको