Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

मनिषा पौडेल र हिमा गुरुङले जिते ‘मिस एण्ड मिसेस तिज’को उपाधी

admin

दक्ष इन्टरनेशनल प्रालिले आयोजना गरेको “मिस एण्ड मिसेस तिज नेपाल २०७५” मा बिजेताको ताज पहिरहन सफल भएका छन् मनिषा पौडेल र हिमा गुरुङ । मिसेस तिज नेपाल २०७५ को फर्स्ट रनरअप मनिता कोइराला, सेकेण्ड रनरअप पुजा तामाङ, मस्ट पपुलरमा पवित्रा रिमाल र भिउवर्स च्वाइजमा सुशिला थापाले जित्न सफल भएका थिए । त्यसैगरी मिस तिज २०७५ को फर्स्ट रनरअप सेलिना पुन, सेकेण्ड रनरअप कृपा पौडेल, मस्ट पपुलर ममता दास बिजेता बन्न सफल भएका छन् ।

बिगत केहि बर्ष देखि सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल दक्ष इन्टरनेशनल प्रालिले यस पालि हरितालिका तिजको अवसर पारेर “मिस एण्ड मिसेस तिज नेपाल” को आयोजना गरेको सौन्दर्य प्रतियोगितामा बरिष्ठ हास्य कलाकार बसुन्धरा भुसालको प्रमुख अतिथिमा अन्य ४ जना आफ्नो आफ्नो क्षेत्रमा योगदान पुर्याउन सफल व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो जसमा बरिष्ट गायक सिताराम पोखरेल, शान्ता तामाङ, अमिर न्यौपाने, ब्युटिसियन बबिता बुद्धाचार्य सम्मानित भएका थिए ।

उक्त सौन्दर्य प्रतियोगितामा बरिष्ठ गायक आनन्द कार्की, गायिका सिन्धु मल्ल, संचारकर्मी सुर्य चन्द, कलाकार रश्मि भट्ट, गायक यमन श्रेष्ठ, मोडल पार्वती राइ, संचारकर्मी राजेन्द्र लुइँटेल निर्णायक मण्डलीमा रहेर बिजेता घोषित गरेका थिए ।

प्रतियोगीहरुलाइ पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिएको थियो । मोडल तथा कोरियोग्राफर आशिष मिश्रले कोरियोग्राफी गरिएको उक्त सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइएको थियो । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक टेक राज पाण्डे बताए । कार्यक्रम चर्चित कोरियोग्राफर तथा उद्घोषक आस्विनी झाले संचालन गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको