Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

समाजसेवी खड्काको पहलमा सालुको सेतीदेवी विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

Reporter

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वार्ड नं. ४ स्थित सेतीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत करिव २०० भन्दा बढि विद्यार्थीहरुलाई स्कूल व्याग तथा खेलकुद सामाग्री वितरण गरिएको छ । सोही वडाका स्थायी वासीन्दा तथा विद्यालयका पूर्व विद्यार्थी समेत रहेका युवा समाजसेवी गोपाल खड्काको पहलमा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको हो । मन्थली वडा नं.४ का वडा अध्यक्ष राजन घिमिरेको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक गगन वहादुर श्रेष्ठको विशेष आतिथ्यतामा आयोजित एक कार्यक्रमका वीच स्कूल व्याग,कापी लगायत खेलकुदका सामाग्रीहरु वितरण गरिएको थियो ।

खड्काकै सभापतित्वमा संचालित कार्यक्रमलाई संचारकर्मी सोनीतराज ढुंगेलले संचालन गरेका थिए भने लोकप्रिय हाँस्य कलाकार गोपाल ढकाल छन्देले विभिन्न मनोरन्जनात्मक प्रस्तुती दिएका थिए । विद्यालय व्यबस्थापन समितिका सदस्य प्रकाश खड्का तथा विष्णुमाया श्रेष्ठ ,सहायक प्रधानाध्यापक पशुराम खाती, संचारकर्मी राज लुईटेल,फोटोपत्रकार कुवेर तामाङ्ग, नेविसंघ रामेछापका पूर्व अध्यक्ष रामकृष्ण खड्का, नेपाली कांग्रेस वागमती प्रदेश प्रतिनिधि राजु श्रेष्ठ, नेपाली कांग्रेस मन्थली नगर सचिव रमेश काफ्ले, नेपाल शिक्षक संघ रामेछापका पूर्व अध्यक्ष लक्ष्मण कुमार घिमिरे, महिला संघ रामेछाप क्षेत्रिय सभापति अन्जु अधिकारी,नेविसंघ रामेछापका उपाध्यक्ष प्रभाकर ढुंगेल,लगायत वरिष्ठ व्यक्तित्वहरु रामकुमार श्रेष्ठ,यादव कुमार खड्का, विमल काफ्ले,कृष्णहरि खत्री, शेर वहादुर श्रेष्ठ, रामकाजी खड्का, कुमार श्रेष्ठ,विमल पौडेल तथा नारायण थापा कार्यक्रममा उपस्थिति रहेका थिए।

विद्यालयका शिक्षक शिक्षिका लगायत वडाका वुद्धिजिवी एवं स्थानीय समाजसेवीहरुको वाक्लो उपस्थिती रहेको थियो । लामो समयदेखि समाजसेवामा सक्रिय खड्काले यस अघि पनि उक्त विद्यालय लगायत सोही वडाका अन्य विद्यालयमा समेत विभिन्न सहयोग प्रदान गर्दै आईरहेका छन ।

कार्यक्रममा विद्यालयको तर्फबाट खड्कालाई सम्मान गरिएको थियो भने शैक्षिक सामाग्री वितरणमा योगदान दिने संचारकर्मी राज लुईटेल, हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’,संचारकर्मी सोनीतराज ढुंगेल तथा फोटोपत्रकार कुवेर तामालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी घिमिरेले आफैले अध्ययन गरेको विद्यालयमा अध्ययनरत विद्यार्र्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकोमा धन्यवाद दिदै खड्काको सामाजिक सेवा भावको प्रशंसा गरेका थिए । विद्यालयका प्रधानाध्यपक तथा विद्यालय व्यबस्थापन समितिका सदस्य लगायत अन्य उपस्थित व्यक्तित्वहरुले आफु जन्मेको स्थानमा समाजसेवाका यस्ता क्रियाकलापले खड्काको अनुसरण अन्य रामेछापवासीले गरेमा समग्र जिल्लाकै विकासमा टेवा पुग्ने कुरा बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको