Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

नेपाली नागरिकता लिने १० जना भारतीय नागरिक पक्राउ

Reporter

नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरुले नक्कली कागजात पेस गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई पक्राउ गरेको बताउनु भयो । उनले भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी ग्राम इब्राइमपट्टी पञ्चायत भिमपूरा थाना बेल्थरा रोड स्थायी घर भएकाहरूले झुटा विवरण पेस गरी नेपालको नागरिकता दिएको बताए । उनले भारतीयहरुले नेपालको सिरहा, बारा, पर्सा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको बताए ।

उनले पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता रहेको बताए । त्यस्तै बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता रहेको बताए ।

एसएसपी केसीले उनीहरूलाई शनिबार काठमाडौँको शंखमुल, कलंकी, बागबजार, गंगबु, बानेश्वरलगायत क्षेत्रबाट पक्राउ गरिएको बताए । उनले नेपाली नागरिकता प्राप्त गरेपछि नेपालका विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार व्यवसायसमेत गरी बसेको बताए । उनले भारतीयहरुले वंशजको आधारमा नै नागरिकता दिएर नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय समेत गर्दै आएको भेटिएको बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको