
बाबुको मुख हेर्ने दिन अर्थात कुशे औशीको दिन आफुलाई जन्मदिने बावुलाई बावुको मुख हेर्दै अनेक श्रद्धाका साथ सम्मान गर्नु पर्ने दिनमा त्यस्को विपरित छोराबाट आफ्नै बावुको हत्या भएको छ ।
छोराको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा लहान नगरपालिका–४ इस्लामपुरका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा लहान नगरपालिका–४ इस्लामपुरका ६० वर्षीय मोहम्मद अताबुल मियाँ रहेको प्रहरीले जनाएको छ । शुक्रवार जग्गासम्बन्धी बिवाद हुँदा माइलो छोरा २६ वर्षीय मोहम्मद कमाल मियाँले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका अताबुल मियाँको बिराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।
बुवालाई कुटपिट गर्ने मोहम्मद कमाल फरार रहेकाले उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

लोकप्रिय समाचार