Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

‘जिउँदो शहिद’ मुकेश कायस्थको निधन

Reporter

दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

२०६२-०६३को १९ दिने जनआन्दोलनको क्रममा वि.स. २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली कञ्चटमा लागेको थियो । गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो ।

गोलीका कारण उनलाई पक्षघात भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे। गोली लाग्दा मुकेश १४ वर्षका मात्र थिए । बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते काभ्रेको बनेपामा मिरा कायस्थ र कृष्णमान कायस्थको छोराको रुपमा जन्मिएका मुकेश कायस्थ गोली लागेको १७ बर्ष लाग्दा पनि अर्धचेत थिए ।

सरकारले मुकेशको उपचार खर्च वापत १५ हजार मासिक, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको