Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

पाकिस्तानको सर्वोच्च अदालतले भन्यो- इमरान खानको पक्राउ गैरकानुनी

Reporter

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई गैरकानुनी बताएको छ।

द डन समाचार पत्रका अनुसार पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बान्डिअलसहित तीन न्यायाधीशको इजलासले बिहीबार साँझ खानलाई पक्रिनु गैरकानुनी भएको भन्दै उनलाई उच्च अदालतमा हाजिर गराउन आदेश दिएको हो।

यसअघि उक्त इजलासले आज एक घन्टाभित्र खानलाई अदालतमा उपस्थित गराउन नेशनल एकाउन्टबिलिटी ब्युरोलाई आदेश दिएको थियो। सोहीअनुसार ब्युरोले उनलाई सर्वोच्च पुर्‍याएको थियो।

खानलाई गैरकानुनी तरिकाले पक्राउ गरिएको भन्दै उनका वकिलले सर्वोच्चमा रिट दिएका थिए। पूर्वप्रधानमन्त्री खानलाई गत मंगलबार इस्लामावादस्थित उच्च अदालत बाहिरबाट प्रहरीले पक्राउ गरेको थियो। गत वर्ष प्रधानमन्त्रीबाट हटेपछि उनीविरूद्ध विभिन्न मुद्दाहरू लगाइएको थियो। अलजजिरा टेलिभिजनसँग गरेको एक कुराकानीमा उनले आफूविरूद्ध कम्तिमा पनि ८५ वटा मुद्दा भएको र दैनिक कुनै न कुनै मुद्दा हाल्ने गरेको बताएका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको