Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

भारतीय विदेश मन्त्रीसंग परराष्ट्र मन्त्री साउदको भेट

Reporter

‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ मा सहभागी हुन बंगलादेशको राजधानी ढाका पुगेका परराष्ट्र मन्त्री एनपी साउद र सोही सम्मेलनमा भाग लिन पुगेका भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ‌।

दुई नेताबीच भेट भएको तस्बिर सामाजिक सञ्जाल ट्विटरमा सेयर गर्दै भारतीय विदेश मन्त्री जयशंकरले दुई पक्षीय सम्बन्ध, विद्युत, कनेक्टिभिटी र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको उल्लेख गरेका छन् ।

साथै, परराष्ट्र मन्त्री साउदलाई जयशंकरले बधाई पनि दिएको उल्लेख गरेका छन् । शुक्रबार र शनिबार २ दिन चल्ने उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री साउद ढाका प्रस्थान गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको