Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

संचारकर्मी राज बराईली बाबा एडुकेशनलमा आवद्ध

admin

चर्चित संचारकर्मी राज बराईली बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा नियुक्त भएका छन ।
लामो समयदेखि संचारक्षेत्रमा रहेर थुप्रै कार्यक्रम संचालन गर्ने देखि ईभेन्ट व्यबस्थापनमा समेत सक्रिय राज थप जिम्मेवेरी वहन गर्दै ५ वर्षदेखी निरन्तर शिक्षा क्षेत्रमा बिशेष योगदान पुर्याईरहेको बाबा एडुकेशनल कन्सल्टेन्सीको बिजनेस डेभ्लपमेण्ट म्यानेजरमा नियुक्त भएका छन । मुख्य कार्यालय अस्ट्रेलियामा रहेको बावा एडुकेशनको काठमाण्डौमा भक्तपुर, पोखरा लगायतका जिल्लाहरुमा शाखा कार्यलयहरु रहेका छन । संस्थाका प्रबन्ध निर्देशक राजेन्द्र कुमार शर्मा र सिईओ रबिन्द्र कुमार शर्मा लगायत सम्पूर्ण टिम ले एउटा कर्मशील र मेहेनती ब्यक्ती आफ्नो संस्थाका लागि पाँउदा अत्यन्तै खुशी भएको ब्यक्त गरेका छन ।


सानै उमेरदेखि नै संचार माध्यममा लगायत स्टेज कार्यक्रम सँचालकका रुपमा ख्याती कमाउदै आएका राजले हालसम्म करीब एक हजार भन्दा बढीमा कार्यक्रम,महोत्सव, मेलाहरुमा कार्यक्रम संचालकको जिम्मेवारी सफलता पूर्वक निभाईसकेका छन ।

२०६५ सालदेखी पूर्ण व्यबसायिक रुपमा यही पेशामा लागेर नाम र दाम दुवै कमाएका राज हाल परिवर्तन इभेन्ट हाउस र सुनौलो सँस्थाका डाइरेक्टरको रुपमा आवद्ध छन । सामाजिक कार्यमा समेत उतिकै लागी परेका राज आफुलाई बाबा एडुकेशनल जस्तो शैक्षिक क्षेत्रमा कृयाशिल संस्थाको एउटा अभिन्न सदस्य बनेर थप जिम्म्वारी बहन गर्न पाँउदा अत्यन्तै खुशी लागेको र यस् सँस्थाप्रती आफु धेरै आभारी भएको कुरा ब्यक्त गरे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको