Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

संचारकर्मी राज बराईली बाबा एडुकेशनलमा आवद्ध

admin

चर्चित संचारकर्मी राज बराईली बाबा एजुकेशनलको बिजनेस डेवलपमेण्ट म्यानेजरमा नियुक्त भएका छन ।
लामो समयदेखि संचारक्षेत्रमा रहेर थुप्रै कार्यक्रम संचालन गर्ने देखि ईभेन्ट व्यबस्थापनमा समेत सक्रिय राज थप जिम्मेवेरी वहन गर्दै ५ वर्षदेखी निरन्तर शिक्षा क्षेत्रमा बिशेष योगदान पुर्याईरहेको बाबा एडुकेशनल कन्सल्टेन्सीको बिजनेस डेभ्लपमेण्ट म्यानेजरमा नियुक्त भएका छन । मुख्य कार्यालय अस्ट्रेलियामा रहेको बावा एडुकेशनको काठमाण्डौमा भक्तपुर, पोखरा लगायतका जिल्लाहरुमा शाखा कार्यलयहरु रहेका छन । संस्थाका प्रबन्ध निर्देशक राजेन्द्र कुमार शर्मा र सिईओ रबिन्द्र कुमार शर्मा लगायत सम्पूर्ण टिम ले एउटा कर्मशील र मेहेनती ब्यक्ती आफ्नो संस्थाका लागि पाँउदा अत्यन्तै खुशी भएको ब्यक्त गरेका छन ।


सानै उमेरदेखि नै संचार माध्यममा लगायत स्टेज कार्यक्रम सँचालकका रुपमा ख्याती कमाउदै आएका राजले हालसम्म करीब एक हजार भन्दा बढीमा कार्यक्रम,महोत्सव, मेलाहरुमा कार्यक्रम संचालकको जिम्मेवारी सफलता पूर्वक निभाईसकेका छन ।

२०६५ सालदेखी पूर्ण व्यबसायिक रुपमा यही पेशामा लागेर नाम र दाम दुवै कमाएका राज हाल परिवर्तन इभेन्ट हाउस र सुनौलो सँस्थाका डाइरेक्टरको रुपमा आवद्ध छन । सामाजिक कार्यमा समेत उतिकै लागी परेका राज आफुलाई बाबा एडुकेशनल जस्तो शैक्षिक क्षेत्रमा कृयाशिल संस्थाको एउटा अभिन्न सदस्य बनेर थप जिम्म्वारी बहन गर्न पाँउदा अत्यन्तै खुशी लागेको र यस् सँस्थाप्रती आफु धेरै आभारी भएको कुरा ब्यक्त गरे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको