Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

अनुसन्धानमा बाधा पुग्नेगरी दुष्प्रचार नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई काउन्सिलको अनुरोध

Reporter

प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पछिल्लो घटनाक्रमका विषयमा कतिपय सञ्चार माध्यम एवं सञ्चार माध्यमको झल्को दिनेगरी भ्रम फैलाउने सामाजिक सञ्जाल (युट्युब,फेसबुकलगायत)बाट दुष्प्रचार भएको बताएको हो ।

काउन्सिलले एथेष्ट प्रमाण बिना र अपुष्ट स्रोत/बयानकोबारेमा दुष्प्रचार गरी घटनासँग असम्वन्धीत व्यक्ति, सङ्घ संस्था, राजनीतिक दल र नेताको चरित्र हत्या एवं मानहानी हुनेगरी भएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । “समाजमा भ्रम/अफवाह फैलाउने, अतिरञ्जित गर्ने, अनुसन्धान र न्यायिक निरुपणमा प्रभाव पार्ने किसिमबाट सत्य,तथ्य एवं सन्तुलन विमुख भइ सामग्री सम्प्रेषण हुनु पत्रकारिताका मूल्य र मान्यताविपरीत कार्य हो,” काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सञ्चार माध्यम र सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीबारे उजुरी र गुनासा आउने क्रम बढेको भन्दै विज्ञप्तिमा पत्रकारिताको मूल्य, मान्यताविपरीत र आचारसंहिता प्रतिकूलका कुनै पनि सामग्री सम्प्रेषण नगर्न÷नगराउन भनिएको छ ।

पेशागत आचरण विपरीत, आधार प्रमाण पुष्टि नहुने, अनुसन्धान,छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा गम्भीर असर पर्ने गरी सम्प्रेषित सामग्रीले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६)को दफा ४(३), ४(६) र ५(११) उल्लङ्घन हुन्छ ।

काउन्सिलले सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीबारे नियमित अनुगमनका साथै प्राप्त उजुरी र जनगुनासाको सुनुवाइ गर्दै आएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको