Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुर पाँच वर्षे निष्कासनमा, अन्य नेता जिम्मेवारीमा फर्कन आह्वान विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन

मूल्यवृद्धि फिर्ता नलिए दशैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने

admin

काठमाडौं । यातायात व्यवसायीहरुले सरकारले सोमबार गरेको इन्धनको मूल्यवृद्धि फिर्ता नलिए दशैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने चेतावनी दिएको छ ।

मंगलबार विज्ञप्ति जारी गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए दशैंको अग्रिम टिकट बुकिङ खुल्ला गर्न बाध्य नहुने बताएको छ ।

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘‘मूल्यवृद्धिसम्बन्धी निर्णयलाई नेपाल सरकारले ४८ घण्टाभित्र फिर्ता लिई हिन्दूहरुको महान चाडमा आवतजावत गर्ने उपभोक्ता वर्गलाई सहज रुपमा आवतजावत गर्ने वातावरण सिर्जना गर्न यस महासंघ हार्दिक अपिल गर्दछ । साथै उक्त दुबै मूल्यवृद्धि फिर्ता नलिएमा यस महासंघले अग्रिम बुकिङ खुला गर्न बाध्य नहुने व्यहोरा समेत यसै विज्ञप्तिमार्फत नेपाल सरकार लगायत सबै पक्षमा अनुरोध छ ।’

नेपाल आयल निगमले असोज २ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटिर २ रुपैयाँ र डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको