Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

१ लाख बिरुवा रोप्ने काठमाडौं महानगरपालिकाको अभियान

Reporter

काठमाडौं महानगरपालिकाले शंखधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ । सहरी हरियालीका लागि १ लाखवटा बिरुवा रोप्ने अभियानअन्तर्गत शनिबार पार्कमा १ सय १५ वटा बिरुवाहरू रोपिएका हुन् । जसमा कपुर, धुपी र समीका बिरुवा छन् । अभियानको थालनी गर्दै यसअघि काटेश्वर जडीबुटी सडक खण्डमा १ सय २० वटा कपुरका बिरुवा रोपिएका थिए ।

शहरी हरियालीका लागि १ लाख बिरुवा रोप्ने सपना पूरा गर्ने अभियानमा रहेको काठमाडौंका मेयर बालेन्द्र साहले शहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वनस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको बताए। उनले भने ‘चराचुरुङ्गी तथा अन्य जीवजनावरलाई खाना र बास उपलब्ध गराउने सक्ने क्षमता भएका स्थानीय जातका बोट बिरुवालाई जोगाउने योजनाअनुरूप रैथाने (इडेमिक) र प्राकृतिक रूपमा उम्रने (इन्डिजेनियस) बोट बिरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ ।’

सन् १८०२ मा वैज्ञानिक बुचानन हामील्टनले एक वर्षसम्म काठमाडौंको नारायणहिटी र स्वयम्भूमा बोट बिरुवाको अध्ययन गरेका थिए । सोही आधारमा काठमाडौंमा ११ प्रजातिका बिरुवा रोप्ने सिफारिस गरिएको थियो । अहिले पनि सोही सिफारिसका आधारमा वृक्षरोपण गरिएको  छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको