Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

भक्तपुर अस्पताल मुलुककै सर्वोत्कृष्ट अस्पताल

Reporter

भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नजरमा भक्तपुर अस्पताल यस बर्षको नै सर्बोत्कृष्ट अस्पताल बन्न पुगेको हो।

न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्यांकनमा भक्तपुर अस्पताल ९७ अंकसहित मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको सरकारी मूल्यांकन टोलीले अवलोकन तथा मूल्यांकन पछि सो घोषणा गरिएको हो।

सो नतिजापछि खुसी लागेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा सुमित्रा गौतमले बताइन्। अस्पतालमा कार्यरत चिकित्सक, नर्स, कर्मचारीहरूको संयुक्त मेहनतको कारण अस्पताल मुलुकको सर्वोत्कृष्ट हुन सकेको उनले जनाएकी छिन्। उनले सो अस्पतालमा मेहनतका साथ काम गर्ने सबै कर्मचारीलाइ धन्यवादसमेत दिएकी छिन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको