Logo
23 Jul 2024    ८ श्रावण २०८१, मंगलवार

ताजा खबर

विद्यार्थी छात्रवृत्ति परीक्षामा ८ हजार १९७ जना उत्तीर्ण कांग्रेस सांसद सुनिल शर्माविरुद्ध नक्कली प्रमाणपत्रमा मुद्दा नचल्ने प्रतिनिधिसभा बैठक बस्दै ‘नालापानी’को नया ट्रेलर सार्वजनिक,श्रावण २५ बाट देशभर प्रदर्शन हुँदै रामदत्त जोशी एआइजीपीमा बढुवा सिफारिस दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

उपत्यकामा सम्पदा यात्रा बस सेवा सञ्चालन

Reporter

काठमाडौं उपत्यकामा ‘सम्पदा यात्रा बस सेवा’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका सम्पदाको दृश्यावलोकन गराउने उद्देश्यसहित आजदेखि सम्पदा यात्रा बस सेवा ‘हप अन, हप अफ’ सञ्चालनमा आएको हो ।

ललितपुरको पुलचोकमा आज आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्पदा यात्रा बस सेवाको शुभारम्भ गरे । बस सेवाको शुभारम्भ गर्दै मन्त्री किरातीले भाडा निर्धारण गर्ने काम सम्पन्न नभएका कारण एक हप्ताका लागि सेवा निःशुल्करुपमा सञ्चालन गरिने बताए ।

मन्त्री किरातीले लामो समयदेखि सम्पदा यात्रा बस सेवा सञ्चालन गर्ने भनिए पनि भाडा समायोजनको अझै नसकिएको बताए । उनले सम्पदा यात्रा बस सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता र चेतना अगाडि गए पनि ऐन र कानुन धेरै पछि रहेको उल्लेख गरे ।

बस भाडा समायोजन प्रदेश सरकारले गर्ने प्रावधान भए पनि सम्पदा यात्रा बस सेवा सञ्चालनको लागि भाडा निर्धारण गर्न प्रदेशसँग ऐन कानुन नभएका कारण अप्ठ्यारो परेको उनको भनाइ थियो ।

मन्त्री किरातीले उपत्यकाको पर्यटन प्रवद्र्धनको लागि एउटा सानो प्रयास मात्रै भएको भन्दै यसको परीक्षणपश्चात् सेवा विस्तार गरिने उल्लेख गरे । पर्यटनमन्त्री किरातीले सम्पदा बस यात्रामा पुल्चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालयसम्म यात्रा समेत गरे ।

कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले प्रदुषणमुक्त सहर बनाउने प्रयासअन्तर्गत ललितपुर महानगरले आगामी दिनमा कुनै पनि गाडी खरिद गर्दा विद्युतीय मात्रै हुने घोषणा गरेको जानकारी दिए ।

उनले गाडी खरिद गर्दा विद्युतीय मात्रै हुने महानगरको घोषणाबमोजिम आफूले चढ्ने गाडी पनि विद्युतीय नै भएको बताए । नगरप्रमुख महर्जनले ललितपुर महानगरको भित्री सहरमा विद्युतीय सटल बस चलाउनका लागि साझा यातायातलाई महानगरले रु नौ करोड उपलब्ध गराएको बताए।

सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक दुई वटा विद्युतीय बस सञ्चालन हुने भएको छ । त्यस्तै, बस सेवा तत्कालका लागि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछ ।

परीक्षणका रुपमा सञ्चालनमा ल्याइएको बस सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङ्ग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको