Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैटौं संस्करण काठमाडौंमा हुँदै

Reporter

भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैटौं संस्करण काठमाडौंमा हुनेभएको छ । बिहीबार काठमाडौंमा आयोजक संस्था फर्न इभेन्ट्सले आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी जेठ २१ गते (जून ४) का दिन र्‍याडिसन होटलमा यो अवार्ड समारोह आयोजना गरिने जानकारी गराइएको हो । आयोजक संस्थाको सहसंस्थापक हरिश बब्बरले भारतको राजधानी नयाँ दिल्लीसहित विभिन्न शहरमा पछिल्लो एक दशकदेखि आयोजना गरिँदै आएको क्याप्टिभेटिङ क्रिएसन अवार्डको छैटौं संस्करण काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी गराउनुभयो ।

यो अवार्ड समारोह पहिलो पटक भारतबाहिर आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा नेपालका सेलिब्रेटीहरूसँगै भारतका लोकप्रिय कलाकार तथा सेलिब्रेटीहरूले पनि सहभागिता जनाउने छन् ।

अवार्ड समारोहमा बलिउड अभिनेत्री भाग्यश्री, अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंहसहित झण्डै एक दर्जन कलाकारहरूले सहभागिता जनाउने बताइएको छ । समारोहमा नेपाल तथा भारतका फिल्म तथा संगीत क्षेत्रका प्रतिभाहरूका लागि पत्रकारिता, पर्यटन, खेलकुदको क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिने छ ।

कार्यक्रममा नेपालका सांग्रिला भोयाजले ट्राभल पार्टनरको रुपमा सहभागिता जनाउँदै छ । पत्रकार सम्मेलनमा उपस्थित सांग्रिला भोयाजका प्रबन्ध निर्देशक दीपक खनालले यो अवार्ड समारोहले नेपाल तथा भारतबीच पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

‘हामीले भारतबाट यो समारोहमा सहभागिता जनाउन आउनु हुने सेलिब्रेटीलाई नेपाल बसाईको क्रममा नगरकोटको साइट सिन गराउने योजना बनाएका छौं’, खनालले भन्नुभयो ‘समयाभावका कारण पोखरा तथा सौराहा पुर्‍याउने योजना बनाउन नसकिएको हो ।’
‘नगरकोटमा एक रातको बसाईपछि भारतीय कलाकारहरूले भोलिपल्ट पशुपतिनाथ मन्दिरको दर्शक गर्ने तथा काठमाडौंका मुख्य बजारहरूको भ्रमण गर्ने कार्यक्रम छ’, खनालले जानकारी गराउनुभयो ।

कार्यक्रममा नेपालको तर्फबाट सिर्जना शुत्रले सहभागिता जनाएको छ भने सजल जंग केसीले इभेन्ट म्यानेज्मेन्टको जिम्मा लिनुभएको छ । जेठ २१ गते साँझ चार बजेपछि आयोजना हुने अवार्ड समारोहमा नेपाल तथा भारतका लोकप्रिय कलाकारहरुले विशेष मनोरञ्जनात्मक प्रस्तुतिसमेत दिने जानकारी गराइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको