Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ

Reporter

काठमाडौं । स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ आएको छ । स्रष्टा दाहालको यथार्थपरक उपन्यास ‘अहोरात्र’ पाठकमाझ आएको हो । कृतिमा अमेरिकी बसाईका साथै हिन्दू, मुस्लिम, इशाई र बौद्ध धर्मका विषयमा विशेष चर्चा गरिको छ ।

यस उपन्यासमार्फत स्रष्टा दाहालले पूर्वीय धर्म-दर्शनभित्रको ज्ञानलाई प्रवाहित गर्नुभएको छ । साथै यो उपन्यास अमेरिकी समाजको यर्थाथ परक दस्तावेजमा रुपमा आएको छ । स्रष्टा दाहालले त्यहाँ रहेका नेपालीको जीवन चित्रलाई यस कृतिमार्फत उजागर गर्नुभएको छ ।

बौद्धिक खुराकले भरिपूर्ण रहेको यस उपन्यासमा स्रष्टा दाहाले अमेरिकी बसाई विभिन्न परिवेस, अनुभूति र अनुभवलाई पाठकमाझ पस्किनुभएको छ । कृतिमार्फत स्रष्टा दाहालले हाम्रो धर्म संस्कृतिका साथै देश बाहिरको जनजीवन कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ । यस कृतिको सम्पादन रमेश दाहालले गर्नुभएको हो भने प्रकाशक उषा दाहाल हुनुहुन्छ । ३७६ पृष्ठको यस उपन्यासको मूल्य ७०० रुपैयाँ राखिएको छ ।

दाहालका यसअघि ‘श्वेतपत्र’ महाकाव्य, ‘रश्मि’ खण्डकाव्य, ‘श्रद्धाञ्जलि’ कवितासंग्र्रह, ‘योद्धा’ काव्य, ‘हावर्डको चौतारीमा’ कवितासंग्र्रह, ‘म त बन्दी भएको छु’ कवितासंग्र्रह, ‘यात्राको सिकर्नी’ नियात्रासंग्रह जस्ता कृति पाठकमाझ आएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको