Logo
27 May 2024    १४ जेष्ठ २०८१, सोमबार

ताजा खबर

गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दायर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार सिरोहियाको विषयमा बोल्दा विवादमा तानिएपछि महजोडीले मागे माफी बढ्दो गर्मीले विद्यालय बन्द, खोप अभियान स्थगित २६ सार्वजनिक संस्थान नाफामा आइपिएल : कोलकाता नाइट राइडर्सले जित्यो उपाधि

संसद विकास कोष खारेजी माग गर्दै रास्वपाले दर्ता गर्‍यो संकल्प प्रस्ताव

Reporter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएका छन्।

आर्थिक स्रोतको उचित उपयोग हुन नसक्ने भन्दै रास्वपाका सांसदले अर्थ मन्त्रालयबाट उक्त कार्यक्रमका लागि तत्काल बजेट विनियोजनको कार्य रोक्न माग गरेको हो।

आज रास्वपाका उपसभापति एवं सांसद डोलप्रसाद अर्याल, सुमना श्रेष्ठ, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, मनिष झा, असिम साह, हरि ढकाल, तोसिमा कार्की र विनिता कठायतलगायतले सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन्।

“असहज आर्थिक परिस्थितिमा यस्तो कार्यक्रमले जनतामा आर्थिक भार थप्छ, बजेटको विश्वासनीयतामाथि नै प्रश्न चिह्न खडा गरेकोछ”, सङ्कल्प प्रस्तावमा उल्लेख छ, “सरकारले अर्थ मन्त्रालयबाट बजेट विनियोजनको कार्य तत्काल रोकी उक्त बजेट अन्य आवश्यक विकास निर्माणका कार्यका लागि परिचालन गरियोस् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको