Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो)

Reporter

काठमाडौँ । गायक सुजन शिवाकोटीको स्वर रहेको भुक्के चप्पल बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक स्वयमकै शब्द तथा संगीत रहेको छ । निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरबिर पण्डित (दारीबा), शारदा गिरी (कालीबुढी), नबिना शिलवाल (खुईली)को अभिनय रहेको छ । भुक्के चप्पल गाउँले परिवेशको कथामा बनेको भिडियो हो । जसले प्रेम, कमेडी, लगायतका विषयबस्तुलाई समेटेको छ । भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन लोकप्रिय सम्पादक मिन रावलले गरेका हुन् । जसको कलरिङ पनि रावल स्वयमको रहेको छ । भिडियोको निर्देशन लेखराज तामाङले गरेका हुन् भने सह निर्देशन विकाश नेपालले गरेका हुन् । युवा उद्यमी समेत रहेका गायक शिवाकोटीले यसअघि हाम्रो जंगल नामक फिल्म, परिबन्ध, कान्छा २ , लगायतका सर्ट मूभी र म त परेँ नामक म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

कलाकारितामा राम्रो झुकाव हुँदा हुँदै पनि गरिबी र बाध्यताका कारण परदेशिन विबश बनेका गायक शिवाकोटीले गायन र कलाकारिताका माध्यमबाट समाजमा केही गरेर देखाउन खोजेको हुटहुटीका कारण उनी मलेसियाबाट छोटो समयमा नै पर्किएर आफ्नै मुलुकमा केही गरौँ भन्ने उदेश्यले व्यबसायमा पनि सक्रिय छन् । आफ्ना साथीभाईहरुको मजबुत टिम बनाएर अघि बढेका युवा उद्यमी शिवकोटी आमाको सपना पुरा गर्नका लागि भन्दै पनि अहोरात्र राम्रा र सामाजिक काममा पनि सक्रिय छन् । जसमध्ये उनले आफ्नो दुई दशकदेखिको सपना पूरा गर्नका लागि भन्दै भुक्के चप्पल बजारमा ल्याएको बताए । साधारण परिवारमा हुर्केका गायक शिवाकोटी मिलनसार स्वभावका व्यक्ति हुन् । साथीभाईसँग मात्रै बढी समय बिताउने उनी मुलकमा अर्थतन्त्र सबल बनेको हेर्न र देख्न चाहान्छन् । उनले सयौ नेपालीलाइ रोजगारी पनि दिएका छन । उनले नेपाली बजारमा श्रीखन्ड नामक नेलाली ब्रान्ड र आगमन नेपाली ब्रान्डका आफ्ना पार्ट्नरहरुसङ सहकार्य गर्दै आइरहेका छन । हेर्नुहोस् गायक शिवाकोटीकै शब्द, स्वर तथा अभिनयमा बनेको यो रमाइलो म्यूजिक भिडियो । भिडियो ओएसआर डिजिटलले बजारमा ल्याएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको