Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिन सुदूरपश्चिम बन्द

Reporter

कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आज सुदूरपश्चिम बन्द गरिएको छ । २०७९ साल माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरु गरिएको हो ।

६ अर्बको लागतमा ४२ वटा भवन निर्माण हुँदा पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन ध्यान नदिएपछि बाध्य भएर आम हडताल गरिएको शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका सहसंयोजक आनन्द भट्टले जानकारी दिए ।

उनका अनुसार आज यातायात, बजार, उद्योग कलकारखाना, विद्यालय पूर्ण रूपमा बन्द गरिएको छ । अति आवश्यक सवारी साधनमा भने रोक नलगाइने भट्टले जानकारी दिए ।

स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिन आह्वान गरिएको बन्दका कारण धनगढीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

यसअघि शालीन आन्दोलन गर्दै आइरहेको सङ्घर्ष समितिले आज आम हड्तालको आह्वान गरेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको