Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

लेखनाथ पोखरेलको उपन्यास ‘वनिता’ पाठकमाझ

Reporter

काठमाडौं । लेखनाथ पोखरेलको उपन्यास कृति ‘वनिता’ पाठकमाझ आएको छ । यसअघि नियात्रासङ्ग्रह ‘फकलीकोे गाउँ’, कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ र हास्यनिबन्ध ‘चिबे(नकटो’ जस्ता कृति सार्वजनिक गर्नुभएका स्रष्टा पोखरेलको पछिल्लो कृति उपन्यास ‘वनिता’ पाठकमाझ आएको हो । सावित्री पोखरेल प्रकाशक रहनुभएको २८४ पृष्ठको यस कृतिको मूल्य ६०० रुपैयाँ राखिएको छ । इप्रेश प्रा.लि.मा मुद्रण गरिएको यो उपन्यासलाई पत्रकार कृष्ण भुसालले सम्पादन गर्नुभएको हो ।

उपन्यासमा ‘पूर्वाद्र्ध, फूलबारी, जिम्दार्नी बज्यै, मनको मयूर, बचेराको उडान, अल्लारे यौवन, बहकिँदो मन, लेखान्त, सत्पाहन्त, पुनर्मिलन, अन्तद्र्वन्द्व, लगनगाँठो र रङ्गमञ्च’ जस्ता उपशिर्षकहरू रहेका छन् । शृङ्गारिक उपन्यास ‘वनिता’ पोखरेलको चौथो कृति हो । ‘मैले हाम्रै परिवेशमा भएका विभिन्न समयका पदचाप, घटनाक्रमलाई उपन्यासका रूपमा यहाँहरूसमक्ष प्रस्तुत गरेको छु । बाँकी जिम्मेबारी सुधी पाठकवर्गको काँधमा’, स्रष्टा पोखरेल भन्नुहुन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको