Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो) प्रतिनिधिसभा बैठक बस्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

आज मंगोलिया प्रस्थान गर्दै मेयर चिरीबाबु महर्जन

admin

१४ असोज- ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन वातावरण र यातायात सम्बन्धी एसियाली स्तरको छलफल कार्यक्रममा सहभागी हुन अाइतबार मंगोलिया प्रस्थान गर्ने भएका छन् । उनी मंगोलिया एक सातासम्म चल्ने वातावरणिय दिगो यातायातका लागी एसियाली मन्चको छलफल कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन ।

कार्यक्रमका दौरानमा मेयर महर्जनले ‘यातायात माग ब्यवस्थापन निती र परिणाम’ बिषयक छलफल कार्यक्रमको अध्यक्षता गर्नुका साथै ‘एसियामा न्यून कार्वनयुक्त शहर र समुदायको विकास’ बिषयक समुहगत छलफलमा सहभागीता जनाउने छन् । मेयर महर्जनको भ्रमण खर्च आयोजकले ब्यहोर्ने शर्तमा उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन । मेयर चिरीबाबु महर्जनको मंगोलिया भ्रमणका बिषयमा जानकारी गराउने उदेश्यले ललितपुर महानगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गरेको छ । महानगरका प्रवक्ता राजु महर्जनद्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तीमा जनाइए अनुसार मेयर महर्जन अाइतबार ३० सेप्टेम्बरमा प्रस्थान गरि ०७ अक्टोबरमा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको