Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

Site Oficial De Apostas Em Football, Esportivas Online E Cassino No Brasil 2025 १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने

फेसबुकका झण्डै ९ करोड प्रयोगकर्ता ह्याकरको निसानामा !

admin

सोसल मिडिया साइट फेसबुकका झण्डै ९ करोड प्रयोगकर्ता ह्याकरको निसानामा परेका छन् ।

फेसबुकमा एक गम्भीर सुरक्षा त्रुटी देखापरेको र त्यसबाट ९ करोड प्रयोगकर्ता प्रभावित भएको फेसबुकले शुक्रबार जनाएको छ । यद्यपि, यो समस्या मंगलबार देखिएको र समाधान भैसकेको पनि फेसबुकले जनाएको छ ।  ह्याकरहरुले फेसबुकको भ्यूज एज फिचरको दुरुपयोग गरी प्रयोगकर्ताका डाटा लिक गरिदिएका छन् । फेसबुकको यो फिचरले प्रयोगकर्तालाई आफ्नो प्रोफाइल अरुले हेर्दा कस्तो देखिन्छ भन्ने कुराको प्रारुप देखाइदिन्छ ।

समस्या समाधानका लागि फेसबुकले ९ करोड प्रयोगकर्ताको लगइन रिसेट गरिदिएको छ । जसका कारण ती प्रयोगकर्ताको अकाउन्ट स्वतः लगआउट भएको छ र उनीहरुले पुनः लगइन गर्नुपरेको छ । पछिल्लो वर्षमा भ्यूजएज फिचर प्रयोग गरेका जुनसुकै प्रयोगकर्ताको अकाउन्टको लगइन रिसेट गरिएको हो ।

पछिल्लो साइबर हमला कसले र कहाँबाट गरेको भन्ने विषयमा जानकारी प्राप्त भैनसकेको फेसबुकले जनाएको छ । पछिल्लो समय साइबर सुरक्षा सम्बन्धी समस्याहरुसँग जुध्दै आएको फेसबुकका लागि यो ह्याकिङ अर्को टाउको दुखाईको विषय बनेको छ ।

पछिल्लो ह्याकिङको घटनासँगै फेसबुकले अनुसन्धान टुंगोमा नपुगुन्जेल सम्मका लागि भन्दै भ्यूज एज फिचरलाई अस्थायी रुपमा बन्द गर्दैछ । हाल प्रारम्भिक अनुसन्धानको काम भैरहेको र फेसबुकका के कति प्रयोगकर्ताको अकाउन्ट ह्याक भए नभएको विषयमा थाहा भै नसकेको फेसबुकले जनाएको छ ।

तथापी, अहिले समस्या समाधान भइसकेको हुँदा प्रयोगकर्ताहरुले आफ्नो पासवर्ड परिवर्तन गर्नुनपर्ने पनि फेसबुकले बताएको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको