Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

दुवईमा रेखा पौडेलले चुमिन सर्वोत्कृष्ट महिला संगीतकारको अवार्ड

admin

नेपाली चलचित्रकी पहिलो महिला संगीतकार रेखा पौडेलले युएईको दुवईमा सम्पन्न भएको मोडल सङ्गस अवार्डमा सर्वोत्कृष्ट संगीतकारको अवार्ड जित्न सफल भएकी छिन । चलचित्र हमेशाको हमेशा बोलको गीत मार्फत उनले उक्त अवार्ड जित्न सफल भएकी हुन् । नेपालका चर्चित कलाकारहरुको प्रस्तुति सहित दुवईको एभरेस्ट क्लबमा अवार्ड भएको थियो ।
नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको यो अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो ।

एनआरएन दुवईका अध्यक्ष रमेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ९इनास० युएईका अध्यक्ष रेखा घिमिरे, नेपाली एशोसिएसनका अध्यक्ष डा दिनेश आचार्य विशेष अथिति र आकाश कोइराला, यदु भट्टराइ, राम तामाङ, युएईमा क्रियाशील सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलगायतका अतिथिहरु रहेका थिए । मोडल सङ्गस अवार्ड समारोहमा यूएईमा क्रियाशील सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको