Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

नन्दाले जितिन दुवईमा सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड

admin

दुबईमा आयोजना भएको मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशन अवार्ड नन्दा बस्याल  जितेकी छिन् ।

नेपालका चर्चित कलाकारहरुको प्रस्तुति सहित दुबईको एभेरष्ट क्लवमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित रहेको आयोजकले बताएका थिए । अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको उक्त अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो ।

नेपालमा सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको पेजेन्ट नेपालको सहकार्यमा भएको अवार्ड कार्यक्रममा नन्दालाई तिज गितको सर्वोत्कृष्ट निर्देशन बापत उक्त अवार्ड प्रदान गरिएको थियो ।
सुर्खेतको वीरेन्द्रनगरमा २०४० सालमा जन्मिएकी नन्दा खेलाडी र कलाकारको रुपमा स्थापित छिन् । तेक्वान्दोकी ‘फाईभ डन’ नन्दाले कलाकारितामा पनि अब्बल बन्ने लक्ष्य राखेकी छिन् । गायिका, नायिक, नृत्य निर्देशक हुँदै निर्देशकसम्मको परिचय उनले बनाइसकेकी छन् ।
नन्दालाई खेलाडीको रुपमा जति चर्चित छिन कलाकारका रुपमा पनि उति नै लोकप्रिय छिन ।
चर्चित हाँस्यव्यङ्ग्य टेलिशृङ्खला ‘झ्याईकुटी झ्याई’ देखि अहिले उनी जनता टेलिभिजनबाट प्रशारण हुने नाटक ‘मानव’ मा अभिनय गरिरहेकी छिन् । करीव १ दर्जन विभिन्न संघ संस्थामा आवद्ध नन्दा समाज सेवामा समेत सक्रिय रुपमा लाग्दै आएकी छिन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको