Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

साउन १ गतेदेखि काठमाडौंमा प्लाष्टिकको प्रयोगमा निषेध

Reporter

काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ ।

कामपा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइने छ र यसको कार्यान्वयनलाई प्रभावकारी बनाइने जानकारी दिए।

कामपाले आफ्नो क्षेत्रभित्र निर्माण कार्यमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर र मापदण्ड निर्धारण गर्ने नीति लिएको छ । निर्माण गर्दा वातावरणीय प्रदूषण कम हुने, कामदारको उचित सुरक्षाको प्रत्याभूति हुने, स्वदेशी कामदारको ज्ञान, सीप र क्षमताको अधिकतम उपयोग सुनिश्चित हुनेगरी पूर्वाधार निर्माण कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ ।

कामपा क्षेत्रभित्रका सडकपेटीमा पैदल यात्रालाई सहज तथा सुरक्षित बनाउन एवं अपाङ्गतामैत्री बनाउनका लागि सडक पेटीमा रहेका अवरोध ट्याङ्की, पर्खाल, बिजुली तथा टेलिफोनका पोल तथा डिस्ट्रिब्युसन बक्स, कम्युनिकेशन बक्स जस्ता संरचना स्थानान्तरण गर्न कानून तर्जुमा गरी कार्यान्वयनमा ल्याइने नीति पनि कामपाको रहेको छ ।

‘उज्यालो सहर, मेरो महानगर’ परियोजनालाई गौरवका योजनाका रूपमा सञ्चालन गरिनेछ । महानगरका विभिन्न एक सय स्थानमा ‘हाई मास लाइट’ जडान गरिनेछ ।

त्यसैगरी सार्वजनिक, ऐलानी, पर्ती, नदी उकास, नदी किनार, नदी करिडोर, गुठी तथा सरकारी जग्गाको लगत अद्यावधिक गरी सोको संरक्षण, संवर्द्धन तथा उपयोग गरिनेछ । महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाई खुला क्षेत्रका रूपमा विकास गरिनेछ ।

सफा सार्वजनिक शौचालयमा नागरिकको पहुँच वृद्धि गर्नका लागि स्वर्णिम योजनाका रूपमा सार्वजनिक शौचालयको सुविधा उपलब्ध गराइनेछ । प्रत्येक बस स्टपलाई परम्परागतस्वरूपको फल्चामा रूपान्तरण गरिनेछ ।

कामपाका सम्पूर्ण सडकलाई आगामी तीन वर्षभित्र गुणस्तरीय पक्की सडकमा रूपान्तरण गर्न र सडकपेटीको स्तरोन्नतिका लागि धुलोरहित काठमाडौँ गौरवको योजना तर्जुमा गरी सञ्चालनमा ल्याइनेछ ।

कामपाका मिश्रित घनाबस्ती क्षेत्रभित्र सहरी पुनःविकासको सम्भाव्यता अध्ययन गरिनेछ । हाल सञ्चालनमा रहेका जग्गा एकीकरण आयोजनालाई यसै आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको