Logo
15 Nov 2025    ३० कार्तिक २०८२, शनिबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

नेपाल आँखा अस्पतालमा अप्टिकल बायोमिटर

admin

 नेपाल आँखा अस्पतालले जापानको निडेक कम्पनीको एल स्क्यान मोडलको अप्टिकल बायोमिटर भित्र्याएको छ। नेपालकै जेठो आँखा अस्पतालले सेवा विस्तारका क्रममा उक्त मेसिन ल्याएको हो।

उक्त मेसिनले मोतिविन्दुको शल्यक्रिया गर्दा आँखाभित्र राखिने ‘इन्ट्राअकुलर लेन्स’को ‘एक्युरेट पावर क्याल्कुलेसन’ गर्ने भएकाले मोतिविन्दुको उपचारमा गुणस्तरीय सेवा पुग्ने अस्पतालले जनाएको छ।

यो अत्याधुनिक मेसिनले ‘नन कन्ट्याक्ट’ अथवा ‘नन इन्भेसिभ अटोमेटिक मेथड’बाट एक्युरेट पावर क्याल्कुलेसन गर्नुका साथै १० सेकेन्डभित्र आँखाको ६ वटा महत्वपूर्ण मेजरमेन्ट गर्छ। जसअन्तर्गत एक्जिएल लेन्थ, कोर्नियल कर्भेचर रेडियस, एन्टेरियर च्याम्बर डेप्थ, सेन्ट्रल कोर्नियल थिकनेस, कोर्नियल डायप्टर र पुपिल साइज पर्छन्।

नयाँ मेसिनका माध्यमबाट उपचारमा स्तरीयता, सरल र सहजता हुने अस्पतालका कार्यकारी प्रमुख दमनबहादुर घलेले जनाए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको