Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

अन्तर्रा्ष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर युनीभर्स’को पहिलो अडिसन राउन्ड सम्पन्न

admin

अन्तर्रा्ष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर युनीभर्सको प्रदेश न ३ को पहिलो अडिसन राउन्ड सम्पन्न भएको छ । राजधानीको नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा भएको उक्त अडिसनमा उल्लेख्य रुपमा ईच्छुक सहभागीहरुले अडिसन दिएका थिए । कार्यक्रमको निर्णयक मन्डलमा नायिका सुरक्षा पन्त, कोरियोग्राफर आश्विनी झा, कोरियोग्राफर सृष्टि घिमिरे र व्यवसायी रजत काब्रा रहेका थिए । मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर युनीभर्स विश्वब्यापी रुपमा हुँदै आएको म्यान्मारको सौन्दर्य प्रतियोगिता हो । ४० भन्दा बढी देशहरु सहभागी हुने उक्त कार्यक्रम नेपालमा हुने भ्रमण बर्ष २०२० लाई लछित गरी हुन गईरहेको एक सहयोगी प्रतियोगिता भएको आयोजक संस्थाका प्रमुख मोनित मर्हजनले जानकारी दिए ।

नेपालको हरेक प्रदेशको पर्यटन र संस्कृति झल्कने गरी यस कार्यक्रम देशको ९ ठुला शहरमा आयोजना हुँदैछ । प्लानेट मल्टिमिडिया ईन्टरनेशनलले आयोजना गरेकोे यस कार्यक्रम युवा लक्षित कार्यक्रम हो । महिलामा १८ देखी २८ र पुरुषमा १८ देखी ३५ बर्ष सम्मका उमेरले सहभागी हुन पाउने यस प्रतियोगीताका विजेताहरुले म्यानमारमा हुने कार्यक्रममा सहभागी जनाउदै नेपालको पर्यटन र संस्कृतिमा एक विशेष प्रस्तुतीकरण अवसर पाउनेछन भने त्यस वाहेक मोटरसाईकल, स्कुटर लगायत आकर्षक गिफ्ट ह्याम्पर लगायत प्रदेशस्तर विजेताहरूको लागि आकर्षक नगद पुरस्कारको समेत व्यबस्था गरिएको छ ।
“मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर युनीभर्स सौन्दर्य प्रतियोगिता मात्र नभई एउटा यस्तो अवसर हो जसमा सहभागीहरुले आफुमा भएको प्रतिभा बिश्व सामु चिनाउन सक्छन । यस प्रतियोगिताको मुख्य आसय भनेको नेपालको पर्यटन एवम मौलिक संस्कृति बिश्वसामु चिनाउनु हो ।” आयोजक मोनितले बताए ।

प्रतियोगीताको लागी आगामी दिनमा हुने अडिसन कार्यक्रमको विबरण

धनगढी: Nov 3 (कार्तिक 17) 1st event

दमक: Nov 23 (मङ्सिर – Friday) 2nd event

काठमाडौं: Dec 8 (मङ्सिर 22) 3rd event

पोखरा: Dec 29 (पौष १४) 4th event

चितवन: Jan 14 (पौष 30- Monday) 5th event

बुटवल:  Feb 9 (माघ 26) 6th event

सुर्खेत: Feb 23 (फाल्गुन 11) 7th event

नेपालगन्ज: Mar-9 (फाल्गुन 25) 8th event

लाहान: Apr 6 (चैत्र 23) 9th event

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको