१७ असोज- गोर्खा जिल्ला पालुङटार नगरपालिका २ मा रहेको लिगलिगकोट विकास अभियानले लिगलिगे म्याराथुन २०७५ बारे जानकारी दिन मंगलवार पत्रकार सम्मेलनको आयोजना गरेको छ । त्रिपुरेश्वर स्थित खेलकुद पत्रकार मन्चको सभा हलमा आयोजित सो कार्यक्रम माझबाट लिगलिगे म्याराथुन २०७५ यहि असोज २८ गते सम्पन्न हुने जानकारी गराइएको छ । बि. स. १६०४ बाट शुरु भएको मानिने लिगलिगे दौडको एतिहासिकतालाई ब्यूताउदै वि. स. २०६७ सालबाट नयाँ संस्करणको शुरुवात भएको थियो । लिगलिगकोट बिकास अभियानको आयोजनामा दौडेर राजा हुने परम्पराको स्मरणमा ९ बर्ष यता प्रतियोगिता हुदै आएको हो । ०६७ साल यता प्रत्यक बर्ष लिगलिगे दौड हुँदै आएको छ भने हालसम्म ८ पटक दौड प्रतियोगिता आयोजनामा अाइसकेको छ । यस बर्षको दौड नवौ संस्करण हो । लिगलिगे दौडमा चेपे र मर्स्याङ्दि नदीको दोभानबाट लिगलिगकोट सम्मको १३.५ दुरी जसले कम समयमा पार गर्छ उ नै राजा हुने चलन छ ।
मंगलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिगलिगकोट बिकास अभियानका अध्यक्ष पूर्ण बहादुर रानाले दौडको उदघाटन यहि असोज २८ गते बिहान ७ बजे चेपेघाटमा भै ८ बजे देखी दौड शुरु हुने जानकारी दिए । आयोजकले बताए अनुसार प्रतियोगीताको उपाधि विजेताले श्रीपेच र पगरीको साथमा नगद ६० हजार १ सय पुरस्कार प्राप्त गर्नेछन् भने एक रात लिगलिगको राजा बनाइ राख्नुका साथै बर्ष दिनसम्म अवैतनिक दुत बनाइने जानकारी दिइएको छ । लगातार तीन पटक दौड जितेमा धावकले श्रीपेच समेत पाउने बताईएको छ । लागि पाउने प्रतियोगितामा दोस्रो र तेस्रो हुनेले क्रमश नगद ३५ हजार १ सय र २५ हजार १ सय पुरस्कार पाउनेछ्न । प्रतिस्पर्धामा चौथो, पाचौ, छैठौ र सातौ स्थान प्राप्तकर्तालाई पनि नगद सहित पुरस्क्रित गरिने बताईएको छ । प्रतियोगीतामा स्वदेशी एबम् बिदेशी सबैले भाग लिन पाउने छन् । नेपाली नागरिकको हकमा दर्ता शुल्क १ हजार रूपैया र बिदेशी नागरिकको हकमा ५००० तोकिएको छ । त्यस्तै महिला खुल्लातर्फ बडडाँडादेखि लिगलिगकोट सम्मको पाँच किलोमिटर दुरीको दौड प्रतियोगितामा बिजयी हुने मध्येबाट पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश २० हजार ०५, १२ हजार ०५ र सात हजार ०५ रूपैया नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिता अन्तर्गत स्थानिय र स्थानिय बिद्यालयका छात्र- छात्रा गरि थप दुई बिधामा समेत दौड प्रतियोगिता आयोजना हुनेछ । यस बिधा अन्तर्गत पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेले पनि नगद पुरुस्कार प्राप्त गर्नेछन् । यस बाहेक पनि धावकको सात लाखसम्मको बिमा हुने जानकारी अभियानले गराएको छ । कार्यक्रममा अभियानका महासचिब ईन्जिनियर सन्तोष देवकोटा, खेलकुद संयोजक लीला श्रेष्ठ, सल्लाहकार भरत न्यौपाने लगायतको उपस्थिती रहेको थियो । लिगलिगकोटको इतिहास लिगलिकोटमा कुनै समय पाल्पाली राजा मुकुन्द सेनको राज्य चल्थ्यो । मुकुन्द सेनपछि उनको ठूलो राज्य टुक्रिन पुग्यो । उनका छोराहरूले आफ्नो सबै राज्य थाम्न नसकेपछि लिगलिग सेनहरूबाट छुट्टिई स्थानीय शासकको अधिकारमा आएको देखिन्छ । पाल्पाका राजा मुकुन्द सेनले नेपालखाल्डो हान्न जाँदा लिगलिगमा दलसुर घले मगरलाई प्रशासक बनाएका थिए । यसले लिगलिगलगायत गोर्खाको इलाका सत्रौं शताब्दीको सुरुवातसम्म पाल्पालीहरूको अधीनमा रहेको, रैथाने रजौटाका रूपमा स्थानीय भेगमा फरकफरक मुखियाहरूको प्रशासन चलेको देखिन्छ । त्यो स्वतन्त्र राज्य नभएर थपौलो रजौटाको रूपमा क्रियाशील भएको, बरु पाल्पाली राज्य कमजोर भएपछि रैथाने रजौटाहरूले आफूलाई स्वतन्त्र राज्यको रूपमा व्यवहार गर्ने प्रयास गरेको हुन सक्ने इतिहासकारहरुले उजागार गरेका छन् । लिगलिगकोटको राज्य लिगलिगकोटलाई द्रव्य शाहले अधीनमा लिनुअघि त्यहाँ घलेहरूको रजाइँ थियो । दसैंको टीकाको दिन दौडने र सबैभन्दा पहिले कोट पुग्ने त्यो वर्षको त्यहाँको राजा हुने नियम थियो । दौड चेपेदेखि लिगलिगकोटसम्म हुन्थ्यो । लमजुङे द्रव्य शाहले लिगलिगको कविला घले राज्य मासेर कविला शाही राज्य खडा गरेपछि विस्तारित भएको शाही राज्यले गोर्खा हुँदै एउटा आकार ग्रहण गरेर आजको नेपालको स्वरूप ग्रहण गरेको छ ।