Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

वर्षको सर्वोत्कृष्ट नवनिर्देशक विधाको अवार्ड विकाश बस्यालको हातमा

admin

वर्षको सर्वोत्कृष्ट नवनिर्देशक विधाको अवार्ड विकाश बस्यालको हातमा

नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालको आयोजना तथा पेजेन्ट नेपालको एसोसिएट्समा युएईको दुबईमा सम्पन्न मोडल सङ्गस अवार्डमा नेपालि कथानक चलचित्र “तिमि हुन्छौ जहा जहा” बाट विकाश बस्यालले बर्षको “सर्वोत्कृष्ट नवनिर्देशक”को अवार्ड हात पार्न सफल भएका छन।

खुशीको उक्त पलमा वस्यालले यसको श्रेय आफ्नु सम्पुर्ण फिल्म युनिटलाई दिएका थिए। साथै अबको दिनमा यो भन्दा उत्कृष्ट फिल्म निर्माण गर्ने हौशला मिलेको बताए। नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको उक्त अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो ।

बस्याललाई नेपाली सिने जगतमा उनले गरेको योगदानको कदर गर्दै उनले निर्देशन गरेको चलचित्र उत्कृष्ट रहन सफल भएकोमा नव निर्देशकको अवार्ड प्रदान गरिएको मोडल् सङ्गस् अवार्डको एसोसियट्स रहेको पेजेन्ट नेपालका सिइओ तथा कार्यक्रम निर्देशक राज लुइटेले बताउनुभयो।

सर्वोत्कृष्ट नवनिर्देशक विधाको अवार्ड विकाश बस्याललाई प्रदान् गरिदै।

सर्वोत्कृष्ट नवनिर्देशक विधाको अवार्ड विकाश बस्याललाई प्रदान् गरिदै।

करीव डेढ दशकयता नेपाली सिने जगतमा साना तथा ठुला पर्दाहरुमा सम्पादन तथा निर्देशनमा लागिरहेका बस्यालले भारतबाट एरिना मल्टिमिडियामा निर्देशनको कोर्स पुरा गरेका हुन। ‘करुणा, पुष्पान्जली, घरपरिवार’ जस्ता चर्चित टेलिफिल्ममा सम्पादनको कार्य गरिसकेका बस्यालले ‘कसकसलाई आफ्नु भन्नु’ मेघा सिरियलमा समेत सम्पादनको कार्य गरिसकेका छन।

नेपाली तथा मैथिली फिल्ममा समेत सम्पादन तथा निर्देशन गरेका उनले दर्जनौ म्युजिक भिडियो तथा डकुमेन्ट्री निर्देशन गरिसकेका छन। सम्पादक, लेखक हुदै निर्देशनमा समेत बस्यालले  सफलता पाइसकेका छन । वहुआयामिक प्रतिभाका धनी विकाश बस्याल विभिन्न चलचित्रको साथै म्युजिक भिडियोको निर्देशनमा नै व्यस्त रहेका छन ।

Award film and music video director New director vikash basyal

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको