
कोशी प्रदेशमा एमाले नेतृत्वकाे सरकार ढलेकाे छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वकाे सरकार ढलेकाे हाे।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा कार्कीले मागेकाे विश्वासको मतकाे पक्षमा ४६ र विपक्षमा ४३ मत परेको छ।
सरकारको नेतृत्व गरेको नेकपा एमालेसँग ४० र सरकारलाई समर्थन गरेकाे राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ६ मत मात्र छ।
कोशी प्रदेशको कुल ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ। तर, मुख्यमन्त्री कार्कीको पक्षमा ४६ सांसद मात्र रहेकाेले सरकार ढलेकाे हाे।
विपक्षी गठबन्धनसँग भने सरकार गठन गर्न आवश्यक ४७ सांसद संख्या छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टीका एक जना सांसद छन्। अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नेछन्।