Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

मोडल सङ्गस अवार्डमा सर्वोत्कृष्ट नवफेशन डिजाईनर अवार्ड अनु श्रेष्ठले हात पारिन ।

admin

Anu Shrestha

युएईको दुबईमा सम्पन्न मोडल सङ्गस अवार्डमा फेशन डिजाईनिङमा केहि समयदेखि आफ्नु छुट्टै छवि बनाई पाइला चाल्दै गरेकिन अनु श्रेष्ठ बर्षकै सर्वोत्कृष्ट नव फेशन डिजाईनरको अवार्ड चुम्न सफल भईन । पेजेन्ट नेपाल एसोसियट्स रहेको उक्त अवार्ड नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपाल को आयोजनामा सम्पन्न भएको थियो। अवार्ड राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो।
‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको उक्त अवार्डमा अनुलाई फेसन डिजाइनिङको क्षेत्रमा उनले सुरुवाती अवस्थामै गरेको उल्लेख्य प्रगतीलाई मध्यनजर गर्दै सर्वोत्कृष्ट नव फेशन डिजाइनरको अवार्ड प्रदान गरिएको मोडल् सङ्गस अवार्डको आयोजक डेभिल सिंह राजपुतले बताउनुभयो।

मोडल सङ्गस अवार्डमा सर्वोत्कृष्ट नवफेशन डिजाईनरको अवार्ड लिदै अनु श्रेष्ठ

मोडल सङ्गस अवार्डमा सर्वोत्कृष्ट नवफेशन डिजाईनरको अवार्ड लिदै अनु श्रेष्ठ

राजधानिमा सम्पन्न बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा आफ्ना डिजाईनहरु प्रस्तुत गरि छोटै समयमा चर्चा कमाउन सफल फेशन डिजाईनर अनु श्रेष्ठले राजधानिकै द कृएसन बाट फेशन डिजाइनसम्बन्धी कोर्स पुरा गरेकि हुन्।

तनहुको दमौलि स्थायी घर भइ काठमाण्डौ सामाखुसि रहदै फेशन डिजाइनिङमा आबद्द अनुले यस अघि फेशन नोभा,२०१६ मा प्रतिस्पर्धी भै बिभिन्न टाइटल अवार्ड जित्नुको साथै सिन्ड्रेला नेपाललको आयोजनामा २०१७ मा बेस्ट फेशन डिजाइनरको उपाधि समेत हात पारीसकेकि छिन। अरुको भन्दा पृथक एवं क्रियटिभ डिजाईन गरेर फेशन डिजाइनका पारखी नेपाली युवायुवतीहरु माझ छोटै समयमा परिचित हुनु उनको ठुलो उपलब्धी मान्न सकिन्छ ।

Anu shrestha Fashion designer

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको