Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

दुवई मा सम्पन्न मोडल सङ्गस अवार्डमा वर्षको सर्वोत्कृष्ट इभेन्ट डाइरेक्टर डेब्यूको अवार्ड वर्षा कार्की ले जितिन

admin

Barsha Karki

युएईको दुबईमा सम्पन्न मोडल सङ्गस अवार्डमा परेलि मिडिया नेपाल की सिईओ बर्षा कार्कीले बर्षको “सर्वोत्कृष्ट इभेन्ट डाइरेक्टर डेब्यू” को अवार्ड हात पार्न सफल भईन। नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजना तथा “पेजेन्ट नेपाल” को एसोसिएट्समा युएईको दुबईमा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो।

‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’भनिएको उक्त अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो।

मोडल सङ्गस अवार्डमा वर्षको सर्वोत्कृष्ट इभेन्ट डाइरेक्टरको अवार्ड लिदै वर्षा कार्की।

मोडल सङ्गस अवार्डमा वर्षको सर्वोत्कृष्ट इभेन्ट डाइरेक्टर डेब्यू को अवार्ड लिदै वर्षा कार्की।

कौशलाटार, भक्तपुरकी बर्षा कार्कि विगत केही वर्ष यता राजधानी तथा मोफसलमा आयोजना हुने बिभिन्न सौन्दर्य प्रतिस्पर्धा तथा फेशन शोहरुको इभेन्ट डाइरेक्टरको रुपमा रहि सफल इभेन्ट डाइरेक्टरको रुपमा चिनिदै आएकि छिन। त्यहि कुरालाई मध्यनजर गर्दै यो वर्षको सर्वोत्कृष्ट इभेन्ट डाइरेक्टर डेब्यूको अवार्ड कार्कीलाई प्रदान गरिएको मोडल् सङ्गस अवार्डको आयोजक डेभिल सिंह राजपुतले बताउनुभयो।

बी एण्ड बी इन्टरप्राइजेज को सन्चालिका तथा परेली मिडियाको सिइओ समेत रहेकिन बर्षा कार्कीले वातावरण विज्ञानमा ग्र्याजुएसन सम्मको अध्ययन पुरा गरेकि छिन। पछिल्लो समय समाजसेवीको रुपमा समेत परिचित कार्की विभिन्न इभेन्ट कार्यक्रमहरु सन्चालन तथा व्यवस्थापनमा सफल सावित हुदै आएकि छिन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको