Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

बलात्कारी ‘बुढा’ ले भरियो जेल !

admin

‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि १३ वर्षीया नातिनी बलात्कार काण्डका आरोपी सब्जीबाजे कारागार चलान भएका हुन्।

नेपालगञ्ज कारागारले जेष्ठ नागरिक अर्थात बृद्धहरुलाई छुट्टै ठाउँमा राख्ने गर्दछ। सबै थुनुवासँग होइन कि बृद्धहरुलाई राख्न छुट्टै टहरा बनाइएको छ।

७८ वर्षका सब्जीबाजे कारागारको टहरामा पुग्दा ८० काटेका काल्चे दमाई र ७५ काटेका नैने दमाई त्यही थिए।  यी दुईबीचमा आफूजस्तै कपाल फूलेका साथी सब्जीबाजे थपिए। काल्चे र नैने पनि ‘बलात्कार’ काण्डमा कारागार पुगेका हुन्। काल्चेले तीन वर्षअघि छिमेकी बालिकालाई घरमै बोलाएर जबरजस्ती गरेका थिए। आमा काम विशेषले छिमेकीको घरमा गएको बेलामा काल्चेले बालिकालाई जबरजस्ती गरेका थिए ।

नेपालगञ्ज कारागारका निमित्त जेलर श्याम लामिछानेका अनुसार, बलात्कारी थुनुवाहरु संख्याको हिसावले नेपालगञ्ज कारागारमा तेस्रो नम्बरमा परेका छन्। कारागारमा लागु औषध, कर्तब्य ज्यानपछि बलात्कारी थुनुवाको संख्याको अधिक रहेको छ। निमित्त जेलर लामिछानेले असोज १ गतेको तथ्यांकमा एक सय ५ जना बलात्कारी थुनुवा रहेको जानकारी दिए। उनले त्यसपछि पाँच जनाबढी थपिएको बताए ।

आजको नेपाल समाचारपत्रमा यो खबर छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको