Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

भानु जयन्तीमा सार्वजनिक बिदा

Reporter

तनहुँको भानु नगरपालिकाले २१० औं भानु जन्मजयन्तीका अवसरमा असार २९ गते शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । पालिकामा धुमधामसँग भानुजयन्ती मनाउन नेपाली भाषा, साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिएको उपप्रमुख उमा गोतामेले जानकारी दिनुभयो ।

नगरपालिकास्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हरेक वर्ष भानुजयन्तीको दिन सार्वजनिक विदा दिने गरिएको र यसवर्ष पनि निरन्तरता दिइएको उपप्रमुख गोतामेले बताउनुभयो ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्त जन्मिनु भएको थियो । उहाँले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गर्नुभएको थियो ।

भानुभक्तका ‘प्रश्नोत्तर’ (१९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ (१९१९), ‘रामगीता’ (१९२५) तथा दर्जनौं साहित्यिक कृति  प्रकाशित छन् । भानुभक्तको विसं १९२५ असोज ६ गते चुँदीरम्घमा नै निधन भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको