Logo
15 May 2025    २ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

गायक सिमान्त सन्तोष र रमाको स्वरमा रहेको ‘कसरी भनु म‘’ सार्वजनिक(भिडियो सहित)

admin

गायक सिमान्त सन्तोष र रमा अर्यालको स्वरमा रहेको नयाँ गीत ‘कसरी भनु म‘’ सार्वजनिक भएको छ । संजय घिमिरेको शब्द, भीम विसिको सङ्गीत र आमोश तामाङको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । लोमस पौडेलले निर्देशन गरेको गीतको भिडियोमा चन्द्र र प्रतिक्षा फिचरिङ छन् । लभ प्याट्रनको गीत उत्कृष्ट छ भने भिडियो पनि निक्कै राम्रो बनेको छ । अर्जुन सापकोटाले छायाँकन गरेको गीतको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् ।

‘मेरो दिल दुखायौ के पायौ‘’बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सिमान्तका थुप्रै गीतहरु चर्चामा छन् । विगत तीन वर्षदेखि गायन क्षेत्रमा तिल्लन उनका एक दर्जन भन्दा बढी गीत स्रोता र दर्शकको रोजाईमा परेका छन् । उनको ‘तिमी पूजाकी थाली हौ‘’ गीत लोकप्रिय गीतमध्येको एक हो । गायनमा थुप्रैअवार्डहरु पनि चुम्न सफल सिमान्त आफ्ना अन्य गीत जस्तै ‘कसरी भनु म, जीवन जिउने वहाना हौ तिमी‘’ले पनि श्रोतादर्शकको साथ पाउँनेमा आफू आशावादी रहेको बताउँछन् । ‘रमाजी र मैले एउटा राम्रो गीत ल्याएका छौ सुनेर हरेर प्रतिक्रिया दिनुहोला’, गायक सिमान्त भन्छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको