Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

भक्तपुरकी प्रज्ञा ढुङ्गेल वर्षको सर्वोत्कृष्ट मोडल(फेशन) को अवार्डबाट सम्मनित ।

admin

प्रज्ञा ढुङ्गेल

नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालको आयोजना तथा पेजेन्ट नेपालको एसोसिएट्समा युएईको दुबईमा सम्पन्न मोडल सङ्गस अवार्डमा प्रज्ञा ढुङ्गेलले वर्षको सर्वोत्कृष्ट मोडल(फेशन) तर्फको अवार्ड हात पार्न सफल भएकि छिन। नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको उक्त अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो।

भक्तपुरकी प्रज्ञा ढुङ्गेल वर्षको सर्वोत्कृष्ट मोडल(फेशन) को अवार्डबाट सम्मनित हुँदै ।

भक्तपुरकी प्रज्ञा ढुङ्गेल वर्षको सर्वोत्कृष्ट मोडल(फेशन) को अवार्डबाट सम्मनित हुँदै ।

भक्तपुर, कटुन्जेकी प्रज्ञा ढुङ्गेल मिस नेपाल आइकन,२०१८ , मिस एण्ड मिसेज तीज,२०१८ तथा अन्य बिभिन्न फेशन शो हरुमा प्रतिस्पर्धी रहदै आफ्नो प्रस्तुती देखाएर फेशन तथा मोडलिङमा स्थापित भै सकेकि छिन। सिजि इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट एमबिए पुरा गरेकिन ढुङ्गेल मोडलिङको साथसाथै अर्वान गर्ल नामक संस्थामा डिजिटल मार्केटिङ म्यानेजरको रुपमा आवद्द छिन। पछिलो समयमा उनी सामाजिक कार्यमा समेत उत्तिकै संलग्न्न रहदै आएकि छिन।
प्रज्ञाले मोडलिङ(फेशन) जगतमा छोटै समयमा पाएको सफलता तथा उनको कार्यको कदर गर्दै सर्वोत्कृष्ट मोडल(फेशन) तर्फको अवार्ड प्रदान गरिएको मोडल सङ्गस अवार्डको एसोसियट्स रहेको पेजेन्ट नेपालका सिइओ तथा कार्यक्रम निर्देशक राज लुइटेले बताउनुभयो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको