Logo
15 Nov 2025    ३० कार्तिक २०८२, शनिबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

मोडल सङ्ग्स अवार्डमा वर्षको सर्वोत्कृष्ट मोडल(नृत्य) तर्फको अवार्ड आशा थापा श्रेष्ठको हातमा।

admin

Asha Thapa Shrestha

युएईको दुबईमा सम्पन्न मोडल सङ्गस अवार्डमा आशा थापा श्रेष्ठले वर्षको “सर्वोत्कृष्ट मोडल(नृत्य)” तर्फको अवार्ड हात पार्न सफल भईन। नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजना तथा “पेजेन्ट नेपाल” को एसोसिएट्समा युएईको दुबईमा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको थियो।
‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’भनिएको उक्त अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो।

मोडल सङ्ग्स अवार्डमा वर्षको सर्वोत्कृष्ट मोडल(नृत्य) तर्फको अवार्ड लिदै आशा थापा श्रेष्ठ

मोडल सङ्ग्स अवार्डमा वर्षको सर्वोत्कृष्ट मोडल(नृत्य) तर्फको अवार्ड लिदै आशा थापा श्रेष्ठ

“प्रतिभाको आँगन”, “को भन्दा को कम” जस्ता नृत्य रियालिटि शोहरु मार्फत आफ्नु प्रतिभा निखार्दै आएकिन आशा मिस टीन,२००३ की बिजेता समेत हुन। गङ्गा, मेरी प्यारी बहिनीजस्ता धेरै चलचित्रहरुमा समेत नृत्य तथा अभिनय गरिसकेकिन आशा पछिल्लो समय बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा आफ्नो प्रतिभा प्रस्तुतीमै ब्यस्त रहेकी छिन। कलाकारीता संगै समाजसेवामा समेत निकै चासो देखाउने उनी भविष्यमा एक समाजसेवीको रुपमा स्थापित हुने बताउछिन।
आशाले मोडलिङ(नृत्य) जगतमा छोटै समयमा पाएको सफलता तथा उनले यस क्षेत्रमा गरेको कार्यको उच्च कदर गर्दै “सर्वोत्कृष्ट मोडल(नृत्य) “तर्फको अवार्ड प्रदान गरिएको मोडल सङ्गस अवार्डको एसोसियट्स रहेको पेजेन्ट नेपालका सिइओ तथा कार्यक्रम निर्देशक राज लुइटेले बताउनुभयो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको