Logo
17 Jan 2025    ४ माघ २०८१, शुक्रबार

ताजा खबर

मानव अधिकारसहित संसदका २ समितिको बैठक बस्दै प्रेम सम्बन्ध बिग्रिएपछि महिलाको चरित्रहत्या गर्ने दुईजना पक्राउ टेक तामाङको शव्द तथा प्रल्हाद लिमल्सिना र सुमिनाको स्वरमा ‘स्वर्ग झै सैलुङ’(भिडियो) कांग्रेसले मन्त्रीहरूलाई दियो ७ बुँदे निर्देशन काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदै

मोडल सङ्गस अवार्डमा वर्षको सर्वोत्कृष्ट समाजसेवी अवार्डबाट समाजसेवी तिलबहादुर कार्की सम्मानित

admin

Til Bahadur Karki

नेपालमा विभिन्न सफल सौन्दर्य प्रतियोगिता तथा फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालको आयोजना तथा पेजेन्ट नेपालको एसोसिएट्समा युएईको दुबईमा सम्पन्न मोडल सङ्गस अवार्डमा समाजसेवी तिलबहादुर कार्की वर्षको सर्वोत्कृष्ट समाजसेवीको अवार्डबाट सम्मानित हुनुभएको छ। सम्मानकै क्रममा कार्कीले आफु अपाङ्ग भएकै कारण २५ वर्षसम्म सडकपेटीमा गुजारेका पलहरु सम्झनु भयो।

काठमाण्डौको गोकर्णमा कार्कीले ४५ जना अपाङ्ग बच्चाहरु रहेको संयुक्त अपाङ्ग एकता आवास केन्द्र सन्चालन गरी रहनुभएको छ। उहाले गर्नुभएको सामजिक कार्यको उच्च मुल्याङ्कण गर्दै वर्षको सर्वोत्कृष्ट समाजसेवी तर्फको अवार्ड प्रदान गरिएको मोडल सङ्गस अवार्डको आयोजक डेभिल सिंह राजपुतले बताउनुभयो।

मोडल सङ्गस अवार्डमा वर्षको सर्वोत्कृष्टा सम्मानित हुँदै समाजसेवी अवार्डबाट समाजसेवी तिलबहादुर कार्की ।

मोडल सङ्गस अवार्डमा वर्षको सर्वोत्कृष्टा सम्मानित हुँदै समाजसेवी अवार्डबाट समाजसेवी तिलबहादुर कार्की ।

नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको उक्त अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो ।
पूर्व पाँचथरमा जन्मिनु भएका तिलबहादुर कार्कीलाई जन्मनसाथ शारीरिक रुपमा अपाङ खुट्टा अनि हातखुट्टामा गरी २४ ओटा औला भएको भन्दै सुत्केरी आमासहित गाइको गोठमा पुर्याईयो। मर्न भनी घर छोडेर हिन्नुभएको कार्कीले जब आफुजस्तै अशक्त र अपेक्षित अपाङ्ग बालबालिका देख्नुभयो तव आत्मवल बढाएर उनिहरुको निम्ति सुरक्षित आवास गृह बनाउने दृढ संकल्पको साथ लाग्नुभयो र सफल समेत हुनुभयो। उहाको दुढ संकल्प अनि आत्म विस्वासको अगाडि राष्ट्रखबर् डट कम नतमस्तक छ साथै उहाले पाउनुभएको अवार्डको लागि हार्दिक बधाई दिन चाहन्छौ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको